
अहमदाबाद, भारत(एजेन्सी) – एयर इन्डियाको लन्डनतर्फ गइरहेको उडान AI-171 बिहीबार दिउँसो टेकअफलगत्तै भारतको अहमदाबादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटनामा परेको छ। उक्त बोइङ ७८७ ‘ड्रिमलाइनर’ विमानमा २४२ जना यात्रु, दुई जना पाइलट र १० जना केबिन क्रू सवार थिए।
एयर इन्डियाको लन्डन ग्याटविकतर्फ उडेको AI-171 उडान बिहीबार दिउँसो टेकअफलगत्तै दुर्घटनामा परेको छ। बोइङ ७८७ ‘ड्रिमलाइनर’ विमानमा कुल २४२ जना सवार थिए, जसमा दुईजना पाइलट र १० जना केबिन क्रू समेत परेका छन्।
डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएशन (DGCA) का अनुसार, सवार व्यक्तिहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडाली र ७ जना पोर्चुगाली नागरिक रहेका छन्।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का अनुसार, उडान AI-171 विमानको नम्बर VT-ANB थियो, जसको कमाण्ड क्याप्टेन सुमित सभरवाल तथा फर्स्ट अफिसर क्लाइभ कुन्दर ले गरिरहेका थिए। टेकअफपछि केही समयमै विमान दुर्घटनामा परेको पुष्टि गरिएको छ।
दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले गृह मन्त्री अमित शाह तथा नागरिक उड्डयन मन्त्री राममोहन नायडू सँग टेलिफोन संवाद गरी घटनाको जानकारी लिएका छन्। प्रधानमन्त्रीले घटनाको तत्काल स्थिति बुझी आवश्यक कदम चाल्न निर्देशन दिएको जनाइएको छ।
दुर्घटनाको कारण हाल अनुसन्धानरत रहेको जनाइएको छ। प्रारम्भिक रिपोर्टका अनुसार विमानले आकाशमा उड्न नपाउँदै दुर्घटना भएको थियो।
सुरक्षाकर्मी, उद्धार टोली र प्राविधिक विशेषज्ञ घटनास्थलमा परिचालित भइसकेका छन्। मानवीय क्षति तथा अन्य विवरणबारे थप जानकारी आउन बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे