
काठमाडौं ।शिक्षा क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि सक्रिय डा. बविन पोखरेल प्याब्सन केन्द्रीय कार्यसमितिको प्राज्ञिक परिषद सल्लाहकार पदमा मनोनित भएका छन्।
प्याब्सनद्वारा हालै सम्पन्न कार्यसमिति बैठकमार्फत उहाँलाई यो जिम्मेवारी प्रदान गरिएको हो। शिक्षामा उहाँको दीर्घकालीन योगदान, दूरदर्शिता र नेतृत्व क्षमतालाई उच्च मूल्यांकन गर्दै गरिएको यो मनोनयनले सम्पूर्ण शैक्षिक समुदायलाई गौरवान्वित बनाएको छ।
भि एस. निकेतनका संस्थापक निर्देशकसमेत रहनुभएका डा. पोखरेल शिक्षा क्षेत्रमा विगत ४४ वर्षदेखि सक्रिय रहँदै आउनुभएको छ। उहाँले नवीन शैक्षिक अवधारणाहरूलाई प्रवर्द्धन गर्नुका साथै, शैक्षिक गुणस्तर अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
यस अवसरमा भि एस. निकेतन परिवार लगाएत शैक्षिक क्षेत्रका विभिन्न संस्थाहरुबाट डा. पोखरेललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
“शिक्षामा उहाँले पुर्याउँदै आउनुभएको दिगो योगदान र नेतृत्व क्षमताले आगामी दिनहरूमा अझ सकारात्मक प्रभाव पार्नेछ भन्ने हाम्रो विश्वास छ,” भि एस. निकेतन परिवारले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे