
काठमाडौँ , २६ जेठ । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रहरूमा आंशिक बदली रही अन्य अधिकांश भू–भागमा मौसम मुख्यतया सफा छ।
>कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी घण्टाहरूमा पनि कोशी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा यस्तै प्रकारको वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। अन्य भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ। यस्तो मौसम प्रणाली केही दिन यथावत् रहने संकेत गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे