
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विपक्षी दलहरूको बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।
संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो। यसअघि शनिबार सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो। उक्त भेटमा संसद् अवरुद्ध रहेको विषयमा विचारविमर्श भएको थियो।
बैठकमा सत्तापक्षसँग भएको संवादका विषयमा प्रचण्डले विपक्षी दलहरूलाई जानकारी गराउने कार्यक्रम छ।
गृहमन्त्री रमेश लेख भिजिट भिसा प्रकरणमा जोडिएपछि विपक्षी दलहरूले छानबिन समिति गठनको माग गर्दै जेठ १३ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन्। तर, सत्तारुढ दल यसमा सहमत नभएकाले प्रतिनिधि सभाको कार्यसूची प्रभावित हुँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे