
काठमाडौं, २३ जेठ — मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय भएको छ।
यसको असरस्वरूप देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। खासगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा अझै वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
आज दिउँसो कोशी प्रदेशसहित अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्यत्र मुख्यतः सफा देखिनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसमको यस्तो अवस्थाका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे