
काठमाडौं, २२ जेठ — भिजिट भिसाको आडमा मानव तस्करी भएको प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलको मागमा सत्तापक्ष सहमत नभएपछि बुधबार पनि प्रतिनिधिसभा बैठक चल्न सकेन।
१५ जेठमा बजेट प्रस्तुत भए पनि छलफल सुरु हुन सकेको छैन। विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि हटे पनि संसदीय छानबिन नभएसम्म संसद् नचल्ने अडानमा छन्।सत्तापक्षले भने अख्तियारले छानबिन गरिरहेकाले संसदीय समिति अनावश्यक भएको तर्क गरिरहेको छ। सभामुखलाई संसद् सञ्चालन गर्न दबाब दिइएको छ, तर विपक्षीले जबर्जस्ती बैठक चलाए विरोध गर्ने चेतावनी दिएका छन्।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले विपक्षी दललाई जिम्मेवारीपूर्वक अवरोध हटाउन आग्रह गर्दै, संसद् अवरुद्ध हुँदा बजेट र विधेयक अगाडि बढ्न नसकेको बताए। उनले अख्तियारले हेरेको विषयमा अर्को समिति आवश्यक नरहेको बताउँदै विपक्षीको मागलाई अपरिपक्व भने।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे