
काठमाडौं, २१ जेठ — गृहमन्त्री रमेश लेखकले राजतन्त्रको पक्षमा आन्दोलन गरिरहेका नेताहरूले आन्दोलन रोक्नासाथ उनीहरूको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीहरू पुनः जिम्मेवारीमा फर्काइने बताएका छन्।
बुधवार सिंहदरबारमा बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले राप्रपा नेताहरूको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी किन फिर्ता बोलाइयो? भनेर प्रश्न गरेका थिए।
केही दिनअघि सरकारका तर्फबाट राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहित केही नेताहरूका सुरक्षाकर्मी फिर्ता बोलाइएको थियो। तर हालसम्म राप्रपाका नेताहरूलाई सुरक्षाकर्मी पुनः खटाइएको छैन। यसबारे गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षाकर्मी चाहिने भएकाले उनीहरूलाई आन्दोलन स्थलमा खटाइएको बताए।
उनले भने, “व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई अहिले आन्दोलनमा लगिएको हो, आन्दोलन सकिएपछि उनीहरूलाई फेरि पुरानै जिम्मेवारीमा पठाइन्छ।” गृहमन्त्री लेखकले लोकतन्त्र, संघीयता र गणतन्त्र अब फर्कन नसकिने बाटो भएको भन्दै संविधान उल्ट्याउने प्रयास कसैले नगर्न चेतावनी पनि दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे