
काठमाडौं, २१ जेठ। देशका पश्चिम र मध्य भागमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको असर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
त्यस्तै, देशको उच्चपहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। आज रातिको मौसम पनि केही हदसम्म बदली रहने देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। ती क्षेत्रहरूका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ।
कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षा, तथा कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे