
काठमाडौं, २० जेठ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार मात्र बस्ने भएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मङ्गलबार दिउँसो दुई बजे बस्ने भनिएको बैठक बुधबार दिउँसो १ बजेका लागि सरेको हो।
नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा ९एकीकृत समाजवादी० लगायतका विपक्षी दलहरूले ‘भिजिट भिसा प्रकरण’ मा गृहमन्त्री लेखक मुछिएको आरोप लगाउँदै उनको राजीनामालाई प्रमुख माग बनाएर सदन अवरोध जारी राखेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे