
काठमाडौं, २० जेठ। कान्तिलोकपथ (काठमाडौं–हेटौंडा सडक) चार दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै जेठ २१ गतेदेखि २४ गतेसम्म लोकपथ पूर्ण रूपमा बन्द हुने जानकारी दिएको छ। यो अवधिमा हेटौंडाबाट काठमाडौं र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
वैकल्पिक मार्गका रूपमा कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जनाइएको छ। सडक बन्दका कारण यात्रुहरूलाई केही असुविधा हुन सक्ने भएकाले यात्राको योजना बनाउँदा समयमै जानकारी लिएर वैकल्पिक बाटो रोज्न आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे