
काठमाडौं, २० जेठ — सार्वजनिक सवारी साधन बन्द भएपछि काठमाडौं उपत्यकामा यातायात अप्ठ्यारोमा परेका यात्रुहरूलाई राहत दिन सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले मंगलबार दुई निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
एपीएफ प्रधान कार्यालयबाट सञ्चालित पहिलो बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म जानेछ। अर्को बसले स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगंज हुँदै रिङरोड परिक्रमा गर्नेछ।
एपीएफ का डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले सार्वजनिक सवारी बन्दका कारण असजिलोमा परेका नागरिकहरूलाई गन्तव्यसम्म पुग्न सजिलो होस् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गरिएको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे