
काठमाण्डौं – ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार र आर्थिक अवसर सृजनाका लागि फिनल्याण्डको अन्तर्राष्ट्रिय संस्था एफसीए (FCA) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। यो साझेदारीले ग्रामीण उद्यमशीलता, कृषि विकास तथा महिलाहरूको आर्थिक सशक्तिकरणमा विशेष ध्यान केन्द्रित गर्दै समावेशी वित्तीय सेवाहरू विस्तार गर्ने लक्ष्य लिएको छ।
एफसीएको समुदायस्तरको अनुभव तथा मुक्तिनाथ विकास बैंकको देशव्यापी पहुँचलाई एकसाथ ल्याएर दुवै संस्थाले ग्रामीण महिलाहरूका लागि दीर्घकालीन र प्रभावकारी अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। यो सहकार्य विशेष गरी सीमान्तकृत महिलाहरूलाई लक्षित गर्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ पार्ने दिशामा अग्रसर हुनेछ।
एफसीए र मुक्तिनाथ विकास बैंकका प्रतिनिधिहरू प्रद्युमन पोखरेल, गोविन्द राउत र विनय रत्न शाक्यले यो सहकार्यलाई कार्यान्वयनमा रूपान्तरण गर्दै समुदायस्तरमा ठोस र सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता जनाएका छन्।
यस अवसरमा एफसीएका सहकर्मीहरू अश्टा प्रजापति, अग्रिमा केसी, पूजा लामिछाने र सुबर्णा पाण्डे लाई पनि योगदानका लागि विशेष धन्यवाद दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे