
काठमाडौँ, जेठ २० – देशको पश्चिमी र मध्य भू–भागमा पश्चिमी तथा स्थानीय वायु सक्रिय छन् भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज मङ्गलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र सुदूरपश्चिमका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा र अन्य प्रदेशका केही हिमाली भू–भागमा पनि हल्का वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश, बागमती, गण्डकी लगायतका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे