
काठमाडौं, १८ जेठ।डोटीको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा आइतबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायलतर्फ आउँदै गरेको सुप प्र ०१–००१ ज १४६४ नम्बरको जिप बिहान ९ः३५ बजे मोडमा अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ का ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको छ। दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको र घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको अरु पाँचको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूमा चालक धनगढी उपमहानगरपालिका–१८ का हरिचन्द्र चौधरीसहित चना देवी चन्द, महेश्वरा देवी चन्द, बिर्मा देवी चन्द, धनबहादुर बम, नरेशप्रसाद जोशी, राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे