
काठमाडौँ, १६ जेठ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय गतिरोध समाधानका लागि शुक्रबार विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि आमन्त्रित गरेका छन्। सभामुख सचिवालयका अनुसार, यसै शुक्रबार बिहान ११ बजे प्रमुख दलका सचेतकहरूसँग छलफल हुनेछ। यसको एक घण्टापछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।
यो बैठक भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि बोलाइएको हो। बैठकमा सदनको अवरोध हटाउने उपाय, बजेट छलफलको समय निर्धारण र आगामी संसदीय कार्यक्रमका विषयमा छलफल हुनेछ।
संसदको नियमित कार्यक्रम पुनः सुचारु गर्ने उद्देश्यले यो छलफल आयोजना गरिएको सभामुख सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे