
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि सरकारी कर्मचारीहरूको मासिक महँगी भत्ता ५ हजार रुपैयाँ बढाउने निर्णय गरेको छ । तर स्रोत सीमित भएकाले तलबमा वृद्धि गर्न नसक्ने बताएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदमा आगामी बजेट प्रस्तुत गर्दै यो घोषणा गरे । उनले बताए अनुसार, “आर्थिक अवस्था र राजस्व सीमित भएकाले यस वर्ष तलब बढाउन सकिएन । तर महँगी भत्ता बढाएर कर्मचारीहरूलाई केही राहत दिने व्यवस्था गरेका छौं ।”
भत्ता वृद्धिको विवरण
नयाँ महँगी भत्ता आगामी साउन १ गतेदेखि लागू हुने
प्रत्येक कर्मचारीको मासिक भत्तामा ५ हजार रुपैयाँको वृद्धि
तलबमा कुनै परिवर्तन नहुने
यो निर्णयले देशभरका ८ लाखभन्दा बढी सरकारी कर्मचारीहरूलाई प्रभाव पार्ने देखिन्छ । सरकारले यसले कर्मचारीहरूको क्रयशक्ति र जीवनस्तरमा केही सुधार ल्याउने आशा व्यक्त गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे