
काठमाण्डौ।नेपाल मेडिसिटी अस्पतालमा आयोजित निरन्तर चिकित्सा शिक्षा (CME) कार्यक्रममा प्रख्यात जेरियाट्रिक विशेषज्ञ डा. भास्कर मण्डलको उपस्थितिले कार्यक्रमलाई विशेष बनायो। ३० वर्षभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव रहेका डा. मण्डल युकेको रोयल कलेज अफ फिजिसियन र अष्ट्रेलियाको अष्ट्रालसियन कलेज अफ फिजिसियनका फेलो हुनुहुन्छ। हाल उहाँ पर्थ, अष्ट्रेलियास्थित फिओना स्ट्यान्ली तथा फ्रेमेन्टल हस्पिटल समूहको जेरियाट्रिक मेडिसिन विभागको नेतृत्व गरिरहनु भएको छ। कार्यक्रममा डा. मण्डलले “तेस्रो तहको अस्पतालमा जेरियाट्रिक क्लिनिक कसरी स्थापना गर्ने?” भन्ने विषयमा महत्वपूर्ण जानकारी तथा अन्तरदृष्टिहरू साझा गर्नुभयो। वयस्क तथा जेष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा संलग्न सबै स्वास्थ्यकर्मीहरूका लागि यो सत्र अत्यन्त जानकारीमूलक तथा उपयोगी रह्यो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे