
काठमाण्डौ। स्वास्थ्य सेवा क्षेत्रमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले हेल्थकेयर पोलिक्लिनिक एण्ड फर्टिलिटी काउन्सिलिङ सेन्टर प्रा.लि. र बी एण्ड बी हस्पिटल प्रा.लि. बीच समझदारीपत्र (MOU) मा हस्ताक्षर गरिएको छ। उक्त सम्झौताले हेल्थकेयर पोलिक्लिनिकका करार कर्मचारी तथा सेवाग्राहीहरूलाई विशेष छुटमा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। दुबै संस्थाबीचको सहकार्यले स्वास्थ्य सेवा पहुँच विस्तार गर्नका साथै सेवाको गुणस्तर अभिवृद्धि गर्ने विश्वास लिइएको छ। यस साझेदारीलाई स्वास्थ्य पहुँचमा सुधार ल्याउने एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे