
काठमाडौँ, जेठ १४ — हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ भने बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले पनि आंशिक असर पारेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ, बाँकी क्षेत्रमा मौसम सफा रहने अपेक्षा गरिएको छ। पहाडी क्षेत्रमा कतिपय स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा पनि आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
मौसम अस्थिर रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे