
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आगामी निर्वाचनका सबै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत “मिसन ८४” नाम दिँदै आफ्नो अभियान सुरु गरेका छन्। साम्पाङले लेखेका छन्, “८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौँ ! दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेदवार बन्ने छन्।”
यस घोषणासँगै उनले स्थानीयदेखि संघीय तहसम्मका सबै निर्वाचन क्षेत्रहरूमा उम्मेदवार खडा गर्ने योजना सार्वजनिक गरेका हुन्। हर्क साम्पाङ हाल धरानका स्वतन्त्र मेयर हुन् र उनले भ्रष्टाचारविरुद्धको सशक्त अभियान, पानी व्यवस्थापन, र जनतासँग प्रत्यक्ष संवादजस्ता गतिविधिमार्फत राष्ट्रियस्तरमै चर्चा कमाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे