
काठमाडौं –अन्तर्राष्ट्रिय करिअर काउन्सिलिङ सेन्टर (ICCC), चाबहिलले ‘मल्टि-डेस्टिनेसन फेस्ट’ आयोजना गदै छ। यो कार्यक्रमले विद्यार्थीहरूलाई देश वा विदेशमा आफूलाई उपयुक्त शैक्षिक गन्तव्य रोज्न सहयोग गर्छ।
“Unleash Your Potential” भन्ने नारासहित सञ्चालन हुने यो फेस्टमा विद्यार्थीले आफ्नो रुचि, क्षमता र दीर्घकालीन उद्देश्यका आधारमा उचित निर्णय लिन सक्ने अवसर पाउँछन्।
ICCC का प्रबन्ध निर्देशक राम खड्का भन्छन्,
“हामी विदेश मात्र होइन, नेपालमै करिअर बनाउन चाहने विद्यार्थीलाई पनि सशक्त सल्लाह दिन तयार छौं। सबैका लागि विदेश जानु उपयुक्त हुँदैन। कुन बाटो कुन विद्यार्थीका लागि उपयुक्त हो भन्ने कुरा बुझाउने प्रयास हो यो फेस्ट।”
कार्यक्रममा अनुभवी काउन्सिलरहरूसँग प्रत्यक्ष संवाद, क्यानडा, बेलायत, अमेरिका, अष्ट्रेलिया लगायतका देशबारे विस्तृत जानकारी, कोर्स छनोट, छात्रवृत्ति, भिसा प्रक्रिया र नेपालमै रहेका करिअर सम्भावनाहरूको गहिरो विश्लेषण पाइन्छ।
फेस्टमा सहभागी विद्यार्थीहरूले विदेश जानैपर्छ भन्ने सोचको पुनरावलोकन गर्न पाउँछन् र आफ्नो क्षमता बुझ्न सहयोग पुर्याउने इंटरेक्टिभ सेसनहरूमा सहभागी हुन्छन्।
राम खड्का थप्छन्,
“अहिले धेरै विद्यार्थी र अभिभावक योजनाबिना विदेश जान खोज्छन्। हामी त्यस सोचलाई चुनौती दिन चाहन्छौं र विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्न मार्गदर्शन दिन्छौं।”
यो कार्यक्रमले शिक्षा, स्वास्थ्य, व्यवस्थापन, प्रविधि लगायतका क्षेत्रमा चासो राख्ने विद्यार्थीहरूलाई उचित निर्णय लिन प्रेरणा दिन्छ। ICCC को अनुभवी टिम विद्यार्थीको शैक्षिक यात्रा सहज बनाउन सधैं तयार छ।
विद्यार्थी, अभिभावक र विद्यालय प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी हुन आयोजकले हार्दिक आमन्त्रण गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे