
काठमाडौँ, ८ जेठ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्विजरल्यान्डको जेनेभामा सम्पन्न ७८औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सम्मेलनमा सदस्य राष्ट्रहरूबीच आर्थिक संकट समाधानका लागि सदस्यता शुल्क वृद्धि र लगानी सुनिश्चित गर्न छलफल भएको जानकारी दिए।
उनका अनुसार विगतमा प्राप्त हुने स्वास्थ्य क्षेत्रमा लगानी घट्दै गएको अवस्थामा, डब्लुएचओले सदस्य राष्ट्रलाई अघिल्लो ढंगबाट नै लगानी गर्न आह्वान गरेको छ। साथै, महामारीबाट प्रभावित मुलुकलाई डब्लुएचओबाट अनिवार्य सहयोग पुर्याउने नीतिगत प्रस्ताव पारित भएको उनले बताए।
पौडेलले यस निर्णयले विशेषगरी कमजोर र विकासोन्मुख राष्ट्रहरूलाई प्रत्यक्ष फाइदा पुग्ने बताए। महामारीको बेला मात्र होइन, अबदेखि डब्लुएचओको आधिकारिक सहायता अनिवार्य रुपमा उपलब्ध हुने व्यवस्था एक महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे