
काठमाडौँ , ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन आज बिहीबार सुनुवाइ हुने भएको छ ।लामिछानेको रिहाको माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन । रवि लामिछानेतर्फका कानून व्यवसायीले मंगलबार नै बहस सकेका छन् । मंगलबार ‘हेर्दाहेर्दैमा’ राखिएको लामिछानेको निवेदनमा आज सुनुवाइ नहुने भएको हो । मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो । आज न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको संयुक्त इजलास बस्न नसकेसँगै रविको रिटमा सुनुवाइ हुन नसकेको हो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने अहिले रुपन्देहीको भैरहवा कारागारमा थुनामा छन्। उनले आफूलाई थुनामा नराख्नुपर्ने भन्दै अदालतमा रिट दायर गरेका थिए। तर, यसअघि उनका रिट छ पटकसम्म हेर्न नमिल्नेु न्यायाधीशहरूको इजलासमा परेका कारण सुनुवाइ हुन सकेको थिएन। आज सुनुवाइको सुरुमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन् । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीका कानुन व्यवसायी तथा पीडित र सरकारी वकिलको बहस सुरु हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे