
काठमाडौँ , जेठ ७ । तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनमा भएको खुकुरी प्रहार घटनामा चारजनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता भएको छ। अधिवेशनको उद्घाटन सत्रमा संस्थापन इतर पक्षले कार्यक्रम रोक्न खोज्दा वादविवाद भई खुकुरी र रड प्रयोग भएको थियो।
मध्यनेपाल(७ का किरण गुरुङ, धनबहादुर तामाङ, राइनास(६ का गणेश गुरुङ र मर्स्याङ्दी(५ का भूपेश गुरुङविरुद्ध जाहेरी परेको हो। खुसीजंग गुरुङ र सुदीप अधिकारी गम्भीर घाइते भई चितवनमा उपचाररत छन्। अन्य घाइते सन्तोष बस्नेत र शंकर सापकोटा उपचारपछि घर फर्किएका छन्। इन्दु अधिकारीले शनिबार नै जाहेरी दिएकी थिइन्, तर भाषा नमिलेकाले सोमबार दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले हतियार जफत गरे पनि आरोपित पक्राउ नगरेको भन्दै आलोचना भइरहेको छ। डिएसपी रेशम बोहोराका अनुसार आरोपितको खोजी भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे