
काठमाडौँ, जेठ ७ । मलेसिया सरकारले अब विदेशी कामदारलाई रोजगारदाता (company) परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ। यस निर्णयबाट हजारौं नेपाली कामदारलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
अहिले सम्म मलेसियामा काम गर्न गएका नेपाली कामदारले एउटै कम्पनीमा बाध्यतापूर्वक काम गर्नुपर्थ्यो। कम्पनीले काम नदिए पनि, तलब नदिए पनि वा शोषण गरे पनि उनीहरूले सजिलै रोजगार परिवर्तन गर्न पाउँदैनथे। अब भने सरकारले विशेष अवस्था — जस्तै तलब नपाउने, काम नभएको वा दुर्व्यवहार भएको प्रमाणित भएमा, अर्को कम्पनीमा जान दिने व्यवस्था गरेको हो।
मलेसियामा करिब ४ लाख नेपाली कामदार रहेका छन्। तीमध्ये धेरैले यस्ता समस्याहरू भोगिरहेका छन्। यो नियम लागू भएसँगै कामदारले अब आफूलाई राम्रो अवसर हुने कम्पनी रोज्न पाउने छन्। यसले कामदारको अधिकार सुरक्षित हुनुका साथै, उनीहरूको मानसिक र आर्थिक अवस्था पनि सुध्रिने अपेक्षा गरिएको छ।
नेपालस्थित वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासले भने कामदारलाई नयाँ नियमको जानकारी दिन र प्रक्रियामा सहयोग गर्न तयारी थालेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे