
काठमाडौं, जेठ ७ –देशमा अहिले पश्चिमी वायु र स्थानीय मौसमको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी र अरब सागरबाट आएको भिजेको हावाको असर पनि आंशिक रूपमा परेको छ ।
आज बुधबार देशभर आकाश आंशिकदेखि सामान्य रूपमा बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै पहाडी क्षेत्रमा केही स्थानमा र अन्य प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा वा हिमपात पनि हुन सक्छ ।
आज राति कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल रहनेछ भने अन्य ठाउँमा आंशिक बादल देखिनेछ । यी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना अझै रहेको छ । उच्च पहाडी र हिमाली भू–भागमा वर्षा वा हिमपात पनि हुन सक्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे