
काठमाडौँ, जेठ २ — काठमाडौँ–हेटौंडा जोड्ने कुलेखानी–कलङ्की–हुमाने सडक १९ दिनका लागि बन्द हुने भएको छ। नेपाल प्रहरीले शुक्रबारदेखि मर्मतका लागि यो सडकखण्ड बन्द हुने जनाउँदै चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासनको समन्वयमा सडक बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो। आम नागरिक र यात्रुहरूलाई असहज नहोस् भनेर पूर्व सूचना दिइएको उहाँले बताउनुभयो।
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने उक्त सडकमा कालोपत्रे (पिच गर्ने) काम हुने भएकाले जेठ २ गतेदेखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिने जनाइएको छ। प्रहरीले सडक प्रयोग गर्ने सबै सवारी चालक र यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्दै सम्भव भएसम्म यात्रा योजना मिलाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे