
काठमाडौँ — नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन्।
शिष्टाचार भेटका क्रममा चिनियाँ टोलीले जेठ २ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको सगरमाथा संवाद कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेको छ। साथै, दुई देशबीचको पुरानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन चीन सधैं तयार रहेको धारणा राखेको छ।
चिनियाँ नेताले नेपालको विकास र समृद्धिका लागि चीनको साथ र शुभेच्छा रहने उल्लेख गर्दै, प्रधानमन्त्री ओलीको गत डिसेम्बरमा भएको चीन भ्रमण सफल रहेको पनि स्मरण गरे। भेटघाट सकारात्मक वातावरणमा सम्पन्न भएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे