
काभ्रे — रोशी गाउँपालिका, माम्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग मंगलबार दिउँसोबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सशस्त्र प्रहरीका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार डाइभर्सन बगेपछि राजमार्ग बन्द भएको थियो। तर, मंगलबार दिउँसो १ बजेदेखि नयाँ डाइभर्सन बनाएर सडक सुचारु गरिएको हो।
सोमबार राति ८:५० बजे आएको बाढीले राजमार्गको भाग बगाएको थियो, जसका कारण सवारी आवागमन रोकिएको थियो। अब डाइभर्सन पुनः बनाइएको छ र सडक प्रयोगमा ल्याइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे