
काभ्रेपलाञ्चोक, वैशाख ३० । अविरल वर्षाका कारण बिपी राजमार्गको रोशी खोलामा आएको बाढीले माप्तीस्थित अस्थायी डाइभर्सन बगाएपछि सोमबार रातिदेखि आठ घण्टा अवरुद्ध भएको छ। रोशी गाउँपालिका–१२ स्थित सडकमा थप क्षति हुँदा राजमार्ग अझै पूर्ण रूपमा खुल्न सकेको छैन। प्रहरी र स्थानीयको सहयोगमा एकतर्फी रूपमा सडक खोल्ने प्रयास जारी छ। गत वर्षको बाढीपछि अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। घटनामा अलपत्र परेका १७ यात्रुको उद्धार गरिएको छ।
साथै, सोमबार साँझ पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा खोलाले बगाउँदा ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन्। नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ। वर्षाका कारण पनौती बसपार्क आसपासका क्षेत्र डुबानमा परेका छन् भने आलुखेतीमा पनि बाढीले क्षति पुर्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे