
काठमाडौँ, २६ वैशाख — देशभर हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ भने बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाले पनि आंशिक असर पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ।
पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने हिमाली भेगमा हल्का हिमपात पनि हुन सक्छ। राति पनि पहाडी भागमा आंशिक बदली रहने र एक-दुई स्थानमा वर्षा, चट्याङ तथा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। समग्रमा, आज देशका उच्च भेगमा बदली मौसमसहित वर्षा र हिमपातको सम्भावना छ भने अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे