
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको स्तर घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। गोरखापत्रको १२५औँ वार्षिकोत्सवमा बोल्दै उनले नेपाली भाषामा अनेक सम्मानजनक शब्दहरू रहे पनि अहिलेका मिडियाले तल्लोस्तरको भाषा प्रयोग गर्ने गरेको बताए।
उनले नेपाली भाषा विश्वकै धनी भाषा भएको दाबी गर्दै अंग्रेजीको नक्कलले भाषाको कद घटाउने चेतावनी दिए। ओलीले हजुरबुबा र नातिलाई एउटै भाषाले सम्बोधन गर्नु उपयुक्त नभएको बताए। उनले विगतमा प्रयोग हुने ‘श्रवण’, ‘ज्यूनार’, ‘आराम’जस्ता शब्दहरूको उदाहरण दिँदै भाषिक परिष्कारको आवश्यकता औंल्याए। ओलीले गोरखापत्रलाई भाषिक आन्दोलनको अगुवा भन्दै त्यसले अझै पनि नेपाली भाषाको सम्मान जोगाइरहेको बताए। उनले जनताका प्रतिनिधिलाई सम्मानजनक शब्दले सम्बोधन गर्नु पर्ने धारणा राखे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे