
काठमाडौँ, २३ वैशाख । रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ गृहमन्त्री रमेश लेखकले आगामी वैशाख २५ गते ९बिहीबार० बस्ने प्रतिनिधि सभाको बैठकमा दिने भएका छन् । चौधरीलाई पक्राउ गरिएको घटनाको माग्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदले सदन अवरोध गरेका थिए। सो पश्चात् सभामुख देवराज घिमिरेले गृहमन्त्रीले वैशाख २५ गते जवाफ दिने जानकारी सांसदहरूलाई सुनाएका थिए। मंगलबार प्रतिनिधि सभामा नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ मागेर अवरोध गर्न खोजेका थिए ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छिन् । उनले यो केवल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ । यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो ।यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबिच एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए । तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे