
काठमाडौँ, २३ वैशाख । आज देशभर सीता जयन्ती मनाइँदैछ। हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने यो पर्वमा माता सीताप्रति श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरिन्छ। धार्मिक ग्रन्थअनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ गरेर खेत जोतेका बेला सीता माटोबाट उत्पन्न भएकी थिइन्।
उनी भगवान विष्णुको अवतार श्रीरामकी पत्नी तथा लक्ष्मीको रूप मानिन्छिन्। सीतालाई सत्यवती, पतिव्रता र आदर्श नारीको रूपमा सम्मान गरिन्छ। वनवासमा श्रीरामसँगै गएकी सीता रावणद्वारा हरण गरिए पनि पतिव्रता धर्म नत्यागी आदर्श प्रस्तुत गरेको कथा प्रसिद्ध छ।
बादमा लोकनिन्दाबाट श्रीरामलाई जोगाउन गर्भवती अवस्थामै सीताले वनवास लिएकी थिइन्। वाल्मीकि आश्रममा रहँदै उनले लव र कुशलाई रामायण सिकाइन्। अयोध्यामा आएपछि जब जनताले उनको पवित्रता शंका गरे, तब उनले “यदि म पवित्र छु भने, हे धर्तीमाता, मलाई कोखमा लिनुहोस्” भनेर पृथ्वीमा समाहित भएको धार्मिक विश्वास छ।
सीता जयन्तीको अवसरमा जनकपुर, बत्तीसपुतलीस्थित श्रीराम मन्दिर र गोकर्णेश्वरको भूमिस्थली रामजानकी मन्दिरमा विशेष पूजा र धार्मिक कार्यक्रम आयोजना भइरहेका छन्। सीताको योगदानलाई सम्मान गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषित गरिसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे