
काठमाडौँ, २३ वैशाख । हाल देशमा पश्चिमी वायु, स्थानीय हावा र बङ्गालको खाडी तथा अरब सागरबाट आएको भिजेको हावाको प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर केही बदली हुने छ। पहाडी क्षेत्रमा धेरै ठाउँमा र अन्य भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। हिमालतिरका केही ठाउँमा हल्का वर्षा वा हिउँसमेत पर्न सक्छ।
आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा मौसम सामान्यतया खुलेको रहनेछ।
यी प्रदेशहरूका केही स्थानमा चट्याङ र मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना अझै छ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हिउँ पर्ने सम्भावना पनि रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे