
काठमाडौँ, २१ वैशाख ।नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थपरक नभएको आरोप लगाएका छन । उनले प्रतिनिधिसभामा मन्तव्य दिँदै नीति तथा कार्यक्रम औपचारिक, कर्मकाण्डी र अनुप्रेरणाहीन भएको टिप्पणी गर्नुभयो। प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले नीति तथा कार्यक्रमले न विगतको समीक्षा गरेको न वर्तमान समस्यासँग जुध्न योजना प्रस्तुत गरेको भन्दै आलोचना समेत गरे।
उनले कृषि, जलस्रोत, शिक्षा, स्वास्थ्य, रोजगारी, संघीयता र सामाजिक न्याय जस्ता प्राथमिकताका विषय उपेक्षित भएको उल्लेख गर्दै सरकारलाई जनमुखी, व्यावहारिक र उत्पादनमुखी कार्यक्रम ल्याउन आग्रह गर्नुभयो। अघिल्लो वर्ष समावेश गरिएका कृषिमा आधारित योजनाहरूलाई निरन्तरता नदिएकोमा असन्तुष्टि जनाउँदै सीमान्तकृत समुदायका लागि ल्याइएका कार्यक्रम हटाइनु दुःखद् रहेको बताउए।
प्रचण्डले गैरआवासीय नेपाली नागरिकताको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूको सीप र क्षमतालाई राष्ट्र निर्माणमा सदुपयोग गर्न स्पष्ट नीति निर्माण आवश्यक भएको धारणा व्यक्त गरे। साथै, जनतासँग संवाद गर्दै दीर्घकालीन समाधानमा केन्द्रित हुन सरकारलाई आग्रह गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे