
काठमाडौँ, २१ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली भारतको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्किने कार्यक्रम छ । भारत सरकारको आमन्त्रणमा वैशाख १६ गते १० सदस्यीय भ्रमण टोली भारत प्रस्थान गरेको थियो । टोलीले दिल्लीमा भारतको विदेश राज्यमन्त्री, देहरादुनमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसहित मन्त्रीहरू लगायतलाई भेटघाट गरी विविध विषयमा छलफल गरेको छ ।
मुख्यमन्त्रीको टोलीले आज लखनऊमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटघाट गर्ने कार्यक्रम छ । भेट सकेर टोली स्थलमार्गबाट स्वदेश फर्कने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीले आइतबार अयोध्यामा राम मन्दिरको दर्शन, अवलोकन गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे