
काठमाडौं, वैशाख २२ – भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा झुन्डिएको अवस्थामा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको घटनामा सभामुख देवराज घिमिरेले सरकारलाई भारतसँग उच्च तहको कूटनीतिक संवाद अघि बढाउन निर्देशन दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले यो विषय आकस्मिक समयमा उठाएपछि सभामुखले रुलिङ दिएका हुन्। उनले प्रिसाको मृत्यु जस्तो घटना राष्ट्रको संवेदनशीलता र सरकारको जिम्मेवारीसँग जोडिएको गम्भीर विषय भएको बताए।
विदेशमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरू एकपछि अर्को गरी रहस्यमय तरिकाले ज्यान गुमाइरहेको उल्लेख गर्दै सभामुख घिमिरेले सरकारले घटनाको सत्यतथ्य पत्ता लगाई पीडित परिवारलाई न्याय दिलाउन कदम चाल्नुपर्नेमा जोड दिए।
उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि दीर्घकालीन नीतिगत पहल गर्न पनि आग्रह गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे