
भक्तपुर, वैशाख १६ –प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले हालै प्रकाशित गरेको नर्सिङ दोस्रो वर्षको परीक्षाफलमा ख्वप बहुप्राविधिक अध्ययन संस्थानले शतप्रतिशत सफलता हासिल गरेको छ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित उक्त संस्थाबाट सन् २०८१ मा आयोजित परीक्षामा सहभागी भएका ३९ जना सबै विद्यार्थी उत्तीर्ण भएका हुन्। परीक्षामा सहभागी विद्यार्थीमध्ये ३६ जनाले विशिष्ट श्रेणीमा र ३ जनाले पहिलो श्रेणीमा सफलता प्राप्त गरेका छन्।
उक्त संस्थाका एक जना विद्यार्थीले ९०.७ प्रतिशत अंकसहित सबैभन्दा उच्च नतिजा हासिल गरेको पनि जनाइएको छ। परीक्षाफल प्रकाशित भएसँगै संस्थाले विद्यार्थी, अभिभावक र सम्पूर्ण टिमलाई बधाई तथा धन्यवाद व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे