
बर्दिया, वैशाख १२ । — गुलरिया नगरपालिका–५ स्थित भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शव आज बिहान फेला परेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उनको शव नदीबाट निकालेको हो।
बेपत्ता युवक सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेल हुन्। पोख्रेल वैशाख १० गते दिउँसो नदीमा नुहाउँदा अचानक डुबेर बेपत्ता भएका थिए। घटना भएको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो।
सुरक्षा फौजले खोजतलास जारी राख्दै आइपुगेपछि आज बिहान अन्ततः शव फेला पार्न सफल भएको हो। शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
प्रहरीले नदीमा नुहाउँदा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। गर्मीयाममा नदी तथा पोखरीमा नुहाउने क्रम बढ्ने भएकाले यस्ता दुर्घटना दोहोरिन नदिन सतर्क रहनुपर्नेमा प्रहरीको जोड छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे