
काठमाडौँ, १२ वैशाख — हाल नेपालमा स्थानीय वायुले प्रभाव पारिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै असरले देशभर अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम प्रायः सफा छ।
गण्डकी प्रदेशका पहाडी केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा मौसम मुख्यतः सफा रहनेछ। ती तीन प्रदेशका पहाडी केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ भने हिमाली भूभागमा हल्का हिमपात हुन सक्छ।
रातिसमेत यही मौसमी अवस्था कायम रहने महाशाखाले जनाएको छ।
यसैगरी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा (लु) चल्न सक्ने पूर्वानुमान गरिएको छ। यस्तो अवस्थामा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे