
काठमाडौँ , १० वैशाख । केही दिनयता नेपालभर तापक्रम तीव्र रूपमा बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशको मौसम प्रणालीमा पानी पार्ने प्रणाली सक्रिय नरहेकाले गर्मी अत्यधिक बढेको हो। हाल मौसममा पश्चिमी र स्थानीय वायुको मात्रै आंशिक प्रभाव देखिएको छ।
मंगलबार सुदूरपश्चिमका केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। कैलालीमा स्थानीय अधिकतम तापक्रम ४० डिग्री नापिएको छ भने भैरहवा, चितवन र पर्सामा पनि तापक्रम त्यतैतिर लम्कँदैछ। मधेश प्रदेशका जनकपुर, सिराहा र सप्तरीमा पनि तापक्रम ४० डिग्री नजिक पुगेको छ। काठमाडौंमा मंगलबार दिउँसो ३२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।
मध्य र पश्चिम तराईका भू-भागमा तापक्रम अझै चर्कने क्रम जारी छ। मौसमविद्हरूले केही दिनभित्रै ती क्षेत्रमा ‘लु’ अर्थात् तातो हावाको लहर चल्ने सम्भावना रहेको बताएका छन्। यसै साता पानी पर्ने सम्भावना नदेखिएकाले तापक्रम अझै बढ्ने अनुमान गरिएको छ। मौसम विभागले उच्च तापक्रम र लुको जोखिमलाई ध्यानमा राख्दै सबै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सामान्यतः जब तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि जान्छ, लु चल्ने सम्भावना बलियो मानिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे