
काठमाडौँ , १० वैशाख । देशमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार अधिकांश स्थानमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्र सफा रहनेछन्।
कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि कोशी र गण्डकीका पहाडी भागमा आंशिक बदली रहने र अन्य ठाउँमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे