
काठमाडौं, वैशाख ६ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको ६ वर्षे कार्यकाल पूरा भएसँगै शुक्रबार निर्वाचन आयोगले उनलाई एक समारोहका बीच बिदाइ गरेको छ। नेपालको संविधानको धारा २४५(३) अनुसार २०७६ वैशाख ६ मा नियुक्त भएका थपलिया आजबाट अवकाश भएका हुन्।
बिदाइ कार्यक्रममा आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबराले उनलाई पुष्पगुच्छा र मायाको चिनो प्रदान गरे। आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरू समेत सहभागी थिए।
थपलियाले आफ्नो कार्यकाललाई लोकतन्त्र सुदृढीकरण र निर्वाचन सुधारको अवसरको रूपमा लिएको बताए। उनले प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह, राष्ट्रपतिको निर्वाचनलगायत विविध निर्वाचनहरू स्वच्छ, स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको अभिव्यक्तिमा योगदान पुर्याएको उल्लेख गरे।
उनले आयोगको ६ वर्षे कार्य सम्पादित विवरण रहेको “निर्वाचन आयोगका छ वर्ष” शीर्षकको पुस्तिका पनि सार्वजनिक गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे