
काठमाडौँ , ५ वैशाख । मकवानपुरगढी गाउँपालिका–२, धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा गएराति एक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी राति करिब १ बजे करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। १६ जना यात्रु सवार गाडीमा ५० वर्षीया निलम देवी राउतको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
१३ वर्षीया मानुसी मगरको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ। गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घाइतेहरूको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे