
काठमाडौं, १ बैशाख — वैवाहिक बलात्कारको अभियोगमा सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहा भएका छन्। उच्च अदालत पाटनले आइतबार दिएको फैसलाले गिरीलाई दोषमुक्त गरेपछि उनलाई जेलमुक्त गरिएको हो।न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रस्तुत प्रमाणहरू अपर्याप्त ठहर गर्दै गिरीलाई दोषमुक्त गरेको हो।
गिरीमाथि उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। उजुरीमा वैवाहिक सम्बन्धको नाममा जबर्जस्ती यौन सम्पर्क राखिएको दाबी गरिएको थियो। गत वर्ष जेठमा काठमाडौं जिल्ला अदालतले गिरीलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। सो फैसलापछि न्याय परिषद्ले उनलाई निलम्बन गरेको थियो।
उच्च अदालतले यस्तो संवेदनशील मुद्दामा प्रमाण अपर्याप्त रहेको भन्दै सफाइ दिएको हो। अदालतको निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन्। केही कानुन व्यवसायीले कानुनी प्रक्रियामा आधारित निर्णय भनेका छन् भने केहीले पीडितले न्याय नपाएको टिप्पणी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे