
काठमाडौँ ,३१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताएका छन् । उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरू कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् । उनले भने, ‘‘नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै तन्त्र हुँदैन। जहाँ वास्तविक प्रजातन्त्र हुन्छ, त्यहाँ जनगुनासो, आलोचना वा प्रशंसालाई सुन्ने संस्कार र सहनशीलता पनि हुन्छ।’’
पूर्वराजाले तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको हिंसालाई दुर्भाग्यपूर्ण भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। पूर्वराजा शाहले भने ‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ,’ । पूर्वराजा शाहले २०८२ सालमा त्यसको परिणाम हासिल हुने पनि विश्वास व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे