
काठमाडौँ , २९ चैत । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट प्रवेश गरिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर आंशिकदेखि साधारण बदली भएको मौसम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ भने सातै प्रदेशमा वर्षाको सम्भावना छ। विशेष गरी देशका पहाडी भू–भागहरूमा वर्षाको सम्भावना बढी रहेको छ। साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ।
आज राति पनि यस्तै प्रकारको मौसम जारी रहने पूर्वानुमान गरिएको छ। सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात लगायतका क्षेत्रमा असर पर्न सक्ने महाशाखाको भनाइ छ।
त्यसैले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा सुरक्षित उपाय अवलम्बन गर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे