
काठमाडौं, चैत २८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय महाधिवेशन लगायतका महत्वपूर्ण विषयमा निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाएको छ। सचिवालय बैठकले वैशाख ४ गते केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो। यसअघि नै पार्टीले २०८२ सालमा केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरिसकेको थियो। तर चैत २२ मा सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीको भावी रणनीति र सञ्चालनबारे नयाँ बहस सुरु भएको छ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बदलिँदो राजनीतिक परिस्थितिमा जनयात्रा कार्यक्रमको स्वरूप, महाधिवेशनको तयारी, र पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँटजस्ता विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो। सचिवालय बैठक बिहीबार पनि जारी रहनेछ र बैठकको तयारीबारे थप छलफल हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे