
काठमाडौँ , २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गरेका छन्।सामाजिक सञ्जालमा पोस्ट गर्दै दुःखद निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै वरिष्ठ पत्रकार स्वर्गीय रिसालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले लेखेका छन् , हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार दिवंगत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
उनको ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे